images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज मौसम प्राय सफा, पहाडी क्षेत्रमा...

आज मौसम प्राय सफा, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज मौसम प्राय सफा, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

images
images
अर्थ समाचार
बुधवार, कार्तिक ५ २०८२
अर्थ समाचार
बुधवार, कार्तिक ५ २०८२
  • काठमाडौँ । कात्तिक ५ , आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ भने बाँकी देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images

    सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ।

    त्यसैगरी दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा, र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा समेत हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

    images
    images

    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले सामान्य मौसम नै रहने जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend