काठमाडौँ । कात्तिक २, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरूबीच आन्तरिक हवाई भाडामा नयाँ सहमति भएको छ। क्यानका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा वायुसेवा सञ्चालक संघका अध्यक्षसहित आन्तरिक वायुसेवा कम्पनीहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा सबै सेक्टरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
यस्तै, ७५ वर्षभन्दा माथिका यात्रुहरूलाई ७० प्रतिशत छुट, ८० वर्षभन्दा माथिका यात्रुहरूलाई ८० प्रतिशत छुट प्रदान गरिनेछ।
यसका साथै, जुनसुकै उमेर समूहका फरक क्षमता भएका (अपाङ्गता भएका) यात्रुहरूलाई पनि कम्तीमा ५० प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था गरिएको क्यानले जानकारी दिएको छ।
बैठकमा गरिएका निर्णयहरू कात्तिक ५ गते आइतबारदेखि लागू हुनेछन्।





.gif)





