images

२०८३ आश्विन १८ गते

images
images
images

आज शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गरिने दिन

आज शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गरिने दिन

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ । असोज ३१, आज कात्तिक कृष्ण एकादशी परेको छ। हिन्दू धर्मअनुसार आजको दिन रमा एकादशी व्रत तथा शुक्र, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गरिने दिन मानिन्छ।

    images
    images

    शास्त्रीय मान्यता अनुसार, रमा एकादशीका दिन विधिपूर्वक व्रत बसेर लक्ष्मी माताको आराधना गर्दा जीवनभर आर्थिक पक्ष सबल रहने विश्वास गरिएको छ। व्रतधारीले चना र सख्खरको फलाहार लिनु उपयुक्त मानिन्छ भने अमिलो वस्तु सेवन गर्न निषेध गरिएको छ।

    आजकै दिन अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पूजा पनि गरिन्छ। धार्मिक परम्परा अनुसार, शुक्रबार सेतो वस्त्र धारण गर्नु, घरमा खीर बनाई गरिबलाई बाँड्नु र सन्तोषी माताको व्रत बस्नु विशेष फलदायी हुने विश्वास गरिन्छ।

    images
    images

    साथै, आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस पनि हो। विश्वभर विविध कार्यक्रम मार्फत गरिबी विरुद्ध सचेतना फैलाइँदैछ।

    शुक्र ग्रहको अशुभ प्रभाव शान्त पार्न चिनी, सुगन्ध, चन्दन, रेशमी कपडा, र सेतो घोडाको दान गर्नु लाभदायी हुने धार्मिक विश्वास रहिआएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend