images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • सूर्योदय वोमी लघुवित्तले विभिन्न तहमा कर्मचारी...

सूर्योदय वोमी लघुवित्तले विभिन्न तहमा कर्मचारी माग गर्यो ।

सूर्योदय वोमी लघुवित्तले विभिन्न तहमा कर्मचारी माग गर्यो ।

images
images
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीका विभिन्न पदका लागि ४२ जना कर्मचारी माग गरेको छ। संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न तहमा कर्मचारी आवश्यक परेको जनाएको हो।

    images
    images

    प्रकाशित सूचना अनुसार, संस्थाले सहायक द्वितीय पदमा ३० जना, सहायक प्रथम पदमा १ जना, वरिष्ठ सहायक (शाखा प्रमुख) पदमा १० जना र सुपरभाइजर (शाखा प्रमुख) पदमा १ जना गरी कुल ४२ जना कर्मचारीको माग गरेको छ।

    दरखास्त दिन इच्छुक उम्मेदवारको उमेर कम्तीमा १८ वर्ष र अधिकतम ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) ननाघेको हुनुपर्नेछ। उम्मेदवारले तोकिएको शैक्षिक योग्यता पूरा गरेको हुनु आवश्यक छ भने मोटरसाइकल वा स्कुटरको लाइसेन्स भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

    images
    images

    दरखास्त फारम कम्पनीको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ र आवश्यक कागजात सहित तोकिएको इमेल ठेगानामा पठाउनु पर्नेछ। दरखास्त दिने अन्तिम म्याद कात्तिक २१ गतेसम्म तोकिएको छ। परीक्षा प्रक्रिया लिखित, अन्तर्वार्ता वा दुवै माध्यमबाट सञ्चालन गरिनेछ। पारिश्रमिक तथा सेवा सुविधा कम्पनीको नियमावलीअनुसार हुनेछ।

    संस्थाले इच्छुक तथा योग्य उम्मेदवारहरूलाई तोकिएको म्यादभित्र आवेदन दिन अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend