images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • तनहुँका महिलाहरू सामूहिक सयपत्री फूलखेतीमा आत्मनिर्भर...

तनहुँका महिलाहरू सामूहिक सयपत्री फूलखेतीमा आत्मनिर्भर हुँदै

तनहुँका महिलाहरू सामूहिक सयपत्री फूलखेतीमा आत्मनिर्भर हुँदै

images
images
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौँ । असोज ३०, तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन्। गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिएपछि यहाँका महिलाहरू सामूहिक रूपमा फूलखेतीमा लागेका हुन्।

    images
    images

    विशेषगरी म्याग्दे–४ का महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भई छ रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलखेती गरिरहेका छन्। समूहकी अध्यक्ष जितमाया रानाका अनुसार यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको छ। “पहिलो पटक सामूहिक रूपमा फूलखेतीमा लागेका हौँ। पहिले फेसबुकमा मात्रै देख्थ्यौं, अब आफैँ उत्पादन गर्दैछौँ,” उनले भनिन्।

    समूहमा आबद्ध २३ जना महिलाहरूले फूलखेती मार्फत आत्मनिर्भर बन्न थालेका छन्। सयपत्री फूल प्रतिकिलो रु ३०० र प्रतिमाला रु १५० मा बिक्री हुने गरेको समूहले जनाएको छ।

    images
    images

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार पालिकाले स्थानीय महिलाहरूलाई उद्यमशील बनाउन तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोग गर्दै आएको छ। “गएको वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलाहरूलाई सहयोग गरिएको हो,” उनले भने, “उत्पादन भएका फूलहरू पालिकाले आयोजना गर्ने कार्यक्रम तथा चाडपर्वमा प्राथमिकताका साथ प्रयोग गर्न सहजीकरण गरिएको छ।”

    फूलखेतीमा लागेपछि महिलाहरू घरायसी कामसँगै आर्थिक रूपमा पनि सबल बन्न थालेका छन्, जसले स्थानीय स्तरमै रोजगारी र आत्मनिर्भरताको बाटो खुलेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend