काठमाडौँ । असोज २९, तिहारको पाँचौं तथा अन्तिम दिन मनाइने भाइटीका यो वर्ष कात्तिक ६ गते बिहीबार विभिन्न शुभ साइतमा मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ३९ मिनेटलाई भाइटीकाको उत्तम साइत भएको जानकारी दिएको छ।
भाइटीकाका दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै टीका र माला लगाइदिने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई आशीर्वाद दिई उपहार प्रदान गर्ने चलन छ।
नेपाल मात्र होइन, नेपाली भाषी रहेका विश्वका अन्य देशहरूमा पनि भाइटीका धुमधाम सँग मनाउने तयारी गरिएको छ। त्यसका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले पनि विभिन्न देशहरूको समय क्षेत्रअनुसार भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
विदेशमा रहेका नेपाली समुदायले पनि आफ्ना स्थानीय समय र धार्मिक विधिअनुसार टीका लगाउने कार्यक्रम तय गरिरहेका छन्।
तिहारको पाँच दिनहरू मध्ये भाइटीका सबैभन्दा महत्वपूर्ण र प्रतीकात्मक दिन मानिन्छ, जहाँ दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, सम्मान र सम्बन्धलाई सुदृढ बनाउने अवसर मिल्छ।





.gif)





