काठमाडौँ । असोज २९, नेपाली पात्रो अनुसार कात्तिक कृष्ण पक्षको नवमी तिथि तथा ग्रेगोरियन पात्रो अनुसार सन् २०२५ अक्टोबर १५ तारिख हो।
हिन्दु धर्मशास्त्र अनुसार हप्ताको प्रत्येक दिन कुनै न कुनै देवता वा ग्रहसँग सम्बद्ध रहेको मानिन्छ। आजको दिन ‘बुध’ ग्रहसँग सम्बन्धित हुने भएकाले यो दिन विशेष रूपमा विथाल देव अर्थात् कृष्ण भगवान को आराधना गरिन्छ। पूजा गर्दा तुलसीको पात अनिवार्य प्रयोग गरिनुपर्ने धार्मिक मान्यता रहेको छ।
बुधबारको दिनलाई नयाँ कार्य थालनीको लागि अत्यन्तै शुभ मानिन्छ। साथै, यो दिन व्रत बसेर कृष्ण भगवानको पूजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ।
बुधबार गरिने विशेष धार्मिक कार्यहरूः गाईलाई हरियो घाँस खुवाउने, हिन्दु धर्ममा गाईलाई माताको रूपमा पूजिन्छ। बुधबार गाईलाई हरियो घाँस खुवाउँदा सबै देवी देवताको कृपा प्राप्त हुने विश्वास गरिन्छ।
मुंगको दाल दान गर्ने, यस दिन मुंगको दाल दान गरेमा कष्ट निवारण हुने जनविश्वास छ।
गणेश भगवानलाई सिन्दुर चढाउने, बुधबार गणेशलाई सिन्दुर चढाउँदा मनोकांक्षा पूरा हुने उल्लेख विभिन्न धर्मग्रन्थहरूमा पाइन्छ।
गणेशलाई लड्डु चढाउने, विशेषगरी जिनको कुण्डलीमा बुध ग्रहको दोष रहेको छ, ती व्यक्तिहरूले बुधबार गणेशलाई लड्डु चढाएमा लाभदायक हुने धार्मिक मान्यता छ।
यसरी धार्मिक आस्था अनुसार बुधबारको दिन विभिन्न आध्यात्मिक कार्यहरूद्वारा जीवनमा शान्ति, सफलता र समृद्धि ल्याउन सकिने विश्वास गरिन्छ।




.gif)





