काठमाडौँ । असोज २९, देशभरको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज दिउँसोको समयमा कोशी प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा नै रहने अपेक्षा गरिएको छ।
कोशी प्रदेशको पहाडी क्षेत्रमा केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले ठूलो परिवर्तनको सम्भावना छैन। नागरिकलाई आवश्यक सावधानी अपनाउन र नियमित मौसम बुलेटिनको पालना गर्न मौसमविद्हरूले अनुरोध गरेका छन्।




.gif)





