images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • कृषि कार्यक्रम अन्तर्गत २३ लाख ८०...

कृषि कार्यक्रम अन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत

कृषि कार्यक्रम अन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत

images
images
मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौँ । असोज २८, सरकारको किसान सूचीकरण कार्यक्रम अन्तर्गत हालसम्म २३ लाख ८० हजार किसान सूचीकृत भएका छन्। कृषकहरूलाई अनुदान सहित विभिन्न सरकारी सेवा सुविधा प्रवाह गर्न सुरु गरिएको उक्त कार्यक्रम कृषकहरूलाई विद्युतीय प्रणाली मार्फत सहजीकरण गर्ने उद्देश्यले अघि बढाइएको हो।

    images
    images

    कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार किसानहरूको विवरण संकलन गर्दै उनीहरूलाई चार वर्गमा वर्गीकरण गरिनेछ, निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान। केन्द्रका अधिकृत सञ्जिव पण्डितका अनुसार वर्गीकरण पछि प्रत्येक किसानलाई परिचयपत्र वितरण गरिनेछ, जसका आधारमा मल, बीउ, अनुदान र सेवा व्यवस्थापन सजिलै हुने छ।

    पण्डितका अनुसार, “विसं २०७८ को जनगणनामा करिब ४१ लाख किसानको गणना भएकाले सोही लक्षमा रहेर सूचीकरण अगाडि बढाइएको हो। कार्यक्रम सम्पन्न नहुञ्जेलसम्म यो संख्या केही घटबढ हुन सक्छ।”

    images
    images

    देशभरका किसानको उत्पादन, खेतीयोग्य जमिनको क्षेत्रफल लगायतका विस्तृत विवरण स्थानीय तह मार्फत सङ्कलन भइरहेको केन्द्रले जनाएको छ।

    विसं २०७७ फागुनमा मन्त्रिस्तरीय निर्णयबाट सुरु गरिएको यो कार्यक्रममा किसानहरूले आफ्नो नाम समयमै दर्ता गराउन केन्द्रले आग्रह गरेको छ। “किसानको पहिचान नभएसम्म राज्यका सेवासुविधा पाउन सकिँदैन, त्यसैले सबै किसानले नाम दर्ता गर्नु अत्यावश्यक छ,” अधिकृत पण्डितले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend