images

२०८३ आश्विन १८ गते

images
images
images

निर्मलराज पौडेलको नयाँ तिहार गीत ‘झिलिमिली तिहारलाई’ सार्वजनिक

निर्मलराज पौडेलको नयाँ तिहार गीत ‘झिलिमिली तिहारलाई’ सार्वजनिक

images
images
सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौँ । असोज २७, तिहारको चहलपहल सुरु भएसँगै बजारमा देउसीभैलोका गीतहरू गुञ्जिन थालेका छन्। यस्तै उत्सवमय माहोलमा गीतकार तथा गायक निर्मलराज पौडेलको नयाँ तिहार गीत ‘झिलिमिली तिहारलाई’ सार्वजनिक गरिएको छ।

    images
    images

    गीतमा पौडेल सँगै गायिका समान्ता थापा, निरज तिमल्सीना, र मनिष पौडेलको स्वर रहेको छ भने मोहित मुनालले संगीत संयोजन गरेका छन्। म्यूजिक भिडियो वेलकम एभी प्रोडक्सनले निर्माण गरेको हो भने निर्देशन मनिष पौडेलले गरेका हुन्।

    गीत सार्वजनिक गर्दै पौडेलले भने, “बिगत दश पन्ध्र वर्ष अघिसम्मको तिहारको रौनक अहिले हराउँदै गएको महसुस हुन्छ। त्यसैले तिहारको मौलिकता नयाँ पुस्ताले पनि बुझून् भन्ने उद्देश्यले यो गीत तयार पारेको हुँ।”

    images
    images

    गीतमा यमपञ्चकका पाँचै दिन, काग पूजा, कुकुर पूजा, लक्ष्मी पूजा, गाई गोरु पूजा र भाइ पूजा, लाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। साथै, नेपाली समाजको सांस्कृतिक र पारिवारिक भावनालाई उजागर गर्दै तिहारको परम्परागत र सामाजिक महत्वलाई समेटिएको छ।

    यसअघि पनि पौडेलले सार्वजनिक गरेको दशैं गीतले राम्रो चर्चा पाएको थियो। तिहार विशेष गीत ‘झिलिमिली तिहारलाई’ ले पर्वको मौलिकता र उज्यालोपनलाई फेरि जीवन्त बनाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend