images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • नेशनल वायोटेकले साधारण सभा आह्वान, सर्वसाधारणलाई...

नेशनल वायोटेकले साधारण सभा आह्वान, सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी

नेशनल वायोटेकले साधारण सभा आह्वान, सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, नेशनल वायोटेकले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने प्रस्ताव सहित दोस्रो वार्षिक साधारण सभा मंसिर ५ गतेका लागि बोलाएको छ।

    images
    images

    कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सम्पूर्ण शेयरधनीलाई उपस्थित हुन अनुरोध गरिएको छ।

    कम्पनीले जारी सूचना अनुसार, आगामी सभामा सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, शेयर बिक्रीबाट प्राप्त हुने पुँजीको उपयोग, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन, र बैंकिङ कारोबार गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव समेत राखिनेछ।

    images
    images

    सभामा आर्थिक वर्ष ०८१।८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित चालु आर्थिक वर्षको असार मसान्त सम्मको वित्तीय विवरण छलफलमा ल्याइने छ। साथै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आगामी आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend