images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • सिटी होटलको हकप्रद सेयर आवेदन दिने...

सिटी होटलको हकप्रद सेयर आवेदन दिने आज अन्तिम मौका

सिटी होटलको हकप्रद सेयर आवेदन दिने आज अन्तिम मौका

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, सिटी होटल लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिन आज (आइतबार) अन्तिम दिन हो। कम्पनीले भदौ २३ गतेदेखि हाल कायम १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजीको ८० प्रतिशत अर्थात् १ः०.८० अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।

    images
    images

    यस अनुसार, कम्पनीले प्रतिकित्ता रु.१०० अंकित दरमा १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गरेको छ। हकप्रद सेयर खरिदका लागि कम्पनीले साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। त्यसैले साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्।

    लगानीकर्ताहरूले प्रभु क्यापिटल लिमिटेड र प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयर अनलाइन प्रणालीबाट समेत आवेदन दिन सकिन्छ।

    images
    images

    उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend