images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • मौसम अनुकूल बाली सप्रिएकाले पोखरामा धान...

मौसम अनुकूल बाली सप्रिएकाले पोखरामा धान उत्पादन बढ्ने अनुमान,

मौसम अनुकूल बाली सप्रिएकाले पोखरामा धान उत्पादन बढ्ने अनुमान,

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, यस वर्ष पोखरा महानगर क्षेत्रमा धान उत्पादन बढ्ने अनुमान गरिएको छ। मौसम धान खेतीका लागि अनुकूल रहनुका साथै फाँटमा बाली राम्रोसँग सप्रिएकाले उत्पादनमा वृद्धि हुने विश्वास गरिएको हो।

    images
    images

    पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार, गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने देखिएको छ। प्रत्येक वर्ष पोखरा क्षेत्रमा करिब ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गर्छ,उनले बताए, तर यो वर्ष उत्पादन अझै बढ्ने संकेतहरू देखिएका छन्।

    स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले प्रत्येक वर्ष पोखरेली ‘जेठोबूढो’ जातको धानको बीउ अनुदानमा वितरण गर्दै आएको छ। कडरियाका अनुसार, यस वर्ष मात्रै आठ हजार किलो बीउ वितरण गरिएको छ।

    images
    images

    पोखरा क्षेत्रका पामे, बिरौटा, कुडहर, अर्मला, आर्वा, लेखनाथ क्षेत्रका पटनेरी, सिसुवा, सुरौदी, मालमुल, गगनगौँडा लगायतका फाँटहरूमा धान उत्पादन राम्रो हुने अनुमान गरिएको छ। साथै, मनसुली लगायत अन्य नयाँ उन्नत जातका धान पनि पोखरा क्षेत्रमा राम्रोसँग फल्न थालेका छन्।

    अधिकारीहरूको भनाइमा, समयमै वर्षा हुनु र कृषकको सक्रियता पनि उत्पादन वृद्धि हुने मुख्य कारणमध्ये पर्दछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend