काठमाडौँ । असोज २६, श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज देखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्काशन प्रक्रिया सुरु गरेको छ। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरिसकेको थियो।
कम्पनीले जारी पूँजी रु.१ अर्ब ६३ करोड १२ लाख ५० हजारको २० प्रतिशत अर्थात रु. ३२ करोड ६२ लाख ५० हजार बराबर ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअन्तर्गत पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई १ लाख ६३ हजार १२५, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ३ लाख ९ हजार ९३८, सामूहिक लगानी कोषलाई १ लाख ५४ हजार ९६९ र कर्मचारीहरूलाई १ लाख २३ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि रु.२५ करोड १० लाख ४९ हजार ३०० बराबर २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गर्न लागेको छ। आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम आवेदन १० हजार कित्तासम्म गर्न सकिनेछ।
आवेदन दिने प्रक्रिया छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते सम्म हुनेछ।
इक्रा नेपालले गरेको वित्तीय रेटिङ्ग अनुसार कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम युक्त रहेको देखाइएको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इम्भेष्टमेन्ट बैंकिङ लिमिटेड काम गर्दैछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूमा गएर वा सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।




.gif)





