images

२०८३ आश्विन १८ गते

images
images
images

बजारमा तिहारको चहलपहल तीव्र बन्दै

बजारमा तिहारको चहलपहल तीव्र बन्दै

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, तिहार सुरु हुन केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न बजारमा चहलपहल तीव्र बन्दै गएको छ। आगामी कात्तिक २ गतेदेखि सुरु हुने तिहारका लागि आवश्यक सामग्री किन्न उपभोक्ताहरू पहिले नै बजार धाउन थालेका छन्।

    images
    images

    न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमी लगायतका व्यापारिक क्षेत्रमा दैनिक रुपमा किनमेल गर्नेको चाप बढ्दै गएको व्यापारीहरू बताउँछन्। विशेष गरी दिउँसोपछि र बिदाका दिनहरूमा भीड अझै बढ्ने गरेको छ।

    असनका व्यापारी भाइकाजी मर्हजनका अनुसार, “तिहार नजिकिँदै जाँदा बजारको रौनक समेत बढेको छ। उपत्यका छाडेर बाहिर जान चाहनेहरू, वा अग्रिम तयारी गर्नेहरू अहिले नै माटोका पाला (दियो), झिलिमिली बत्ती, सप्तरङ्गी टीका, मखमली फूलका माला, लक्ष्मीपूजामा प्रयोग हुने सामग्री, भाइमसला, अमला, ढाका टोपी, भाँडावर्तन र लुगा कपडा किनमेल गर्न थालेका छन्।”

    images
    images

    यसै क्रममा साना ठूला पसल तथा सपिङ सेन्टरहरूले पनि विभिन्न छुट र अफर सहित तिहार लक्षित सामान बिक्रीमा राखेका छन्। साँझपख सडक किनार र फुटपाथमा समेत तिहारका सामग्रीहरू सजाइएको देखिन्छ, जहाँ ग्राहकको बाक्लो उपस्थिति देखिन्छ।

    सुनधारास्थित फुटपाथमा लुगा बेच्दै आएकी व्यापारी शान्ति भुजेलले भनिन्, “नयाँ लुगा, झिलिमिली बत्ती, र सजावट सामग्री किन्नेको चाप उल्लेख्य छ। यसले गर्दा अहिले व्यापार पनि राम्रो चलिरहेको छ।”

    इन्द्रचोकका कपडा व्यापारी अमिरमान श्रेष्ठका अनुसार भाइटीकामा प्रयोग हुने भाइमसला प्याक, ढाका टोपी, टीका सेट, मिठाई र उपहार सामग्रीको माग उच्च छ। साथै, महिला र बालबालिकाका लागि आकर्षक लुगा तथा श्रृङ्गार सामग्री पनि बढी बिक्री भइरहेको उनले बताए।

    तिहार सँगै चिसो मौसम सुरु हुँदै गएकाले व्यापारीहरूले जाडोका कपडा पनि बजारमा ल्याएका छन्। अहिले जाडोका लागि आवश्यक लुगा, टोपी, स्वेटर र अन्य सामग्रीको बिक्री समेत बढ्न थालेको उनीहरू बताउँछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend