images

२०८३ आश्विन १८ गते

images
images
images

आज शनिबार शनिदेवको पूजा आराधना

आज शनिबार शनिदेवको पूजा आराधना

images
images
शनिवार, आश्विन २५ २०८२
शनिवार, आश्विन २५ २०८२
  • काठमाडौँ । असोज २५, शनिबार कात्तिक कृष्ण पक्षको पञ्चमी तिथि परेको छ। ग्रेगोरियन पात्रोअनुसार आज अक्टोबर ११, २०२५ हो। हिन्दु धर्मशास्त्रअनुसार शनिबारको दिन विशेषगरी शनिदेवको आराधना गर्ने दिन मानिन्छ। शनिदेवलाई प्रसन्न पार्नका लागि विभिन्न धार्मिक विधिहरूको पालना गरिँदै आएको छ।

    images
    images

    शनिदेव, सूर्यका पुत्र र छायाका सन्तान हुन्। यमराज र यमुना क्रमशः उनका भाइ र बहिनी हुन्। शनि देव न्यायको देवता मानिन्छन्, जसले मानिसका कर्मअनुसार फल प्रदान गर्छन्। कडा परिश्रम, अनुशासन र धर्मको मार्गमा लाग्नेहरूलाई शनिदेवले विशेष कृपा प्रदान गर्ने धार्मिक विश्वास छ।

    शनिबार गर्ने विशेष कार्यहरूः
    शनिदेवलाई प्रसन्न पार्न तेल, कालो तिल, छालाका जुत्ता वा चप्पल दान गर्नु शुभ मानिन्छ।
    पिपलको रुखमा जल अर्पण गर्नु र पूजा गर्नु फलदायी मानिन्छ।
    शमीको रुखको पूजा पनि शनिदेवलाई समर्पित महत्वपूर्ण कार्य मानिन्छ।

    images
    images

    हरेक शनिबार हनुमानजीको सामुन्ने सर्स्युको तेलको दीप प्रज्वलन गरी हनुमान चालीसा पाठ गर्दा शनिको अशुभ प्रभाव कम हुने विश्वास गरिन्छ।

    धार्मिक मान्यता अनुसार, शनिदेवको पूजा गर्दा जीवनमा नकारात्मकता हटेर सकारात्मक ऊर्जा प्रवाहित हुन्छ। अतः शनिबारको दिन आत्मचिन्तन, अनुशासन र सेवा–दानमार्फत धार्मिक कार्यमा लाग्न आग्रह गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend