images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • रमणीय दृश्यसँगै पाक्न थालेको धानबालीले सजिएको...

रमणीय दृश्यसँगै पाक्न थालेको धानबालीले सजिएको चिङ्गाड गाउँपालिका

रमणीय दृश्यसँगै पाक्न थालेको धानबालीले सजिएको चिङ्गाड गाउँपालिका

images
images
शनिवार, आश्विन २५ २०८२
शनिवार, आश्विन २५ २०८२
  • काठमाडौँ । सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका–५ आवलचिङ्गाबाट देखिने चिङ्गाड खोलाको प्राकृतिक दृश्यले अहिले स्थानीय तथा आगन्तुकहरूको ध्यान तानिरहेको छ। हरियालीले ढाकिएको आसपासको क्षेत्र र चट्याङ जस्तै बग्ने खोला, अनि खोला छेउछाउमा पाक्न थालेको धानबालीले यहाँको प्राकृतिक सौन्दर्यमा थप आकर्षण थपेको छ।

    images
    images

    धानबाली सुनौलो हुँदै गएकाले खेतबारीको दृश्य अझ मनमोहक देखिएको छ। किसानहरू कटनीको तयारीमा जुट्दै गर्दा प्रकृतिले पनि यहाँको कृषिलाई सजिलै आत्मसात गरिरहेको अनुभूति हुन्छ।

    स्थानीय कृषकका अनुसार, यस वर्ष मौसम अनुकूल भएका कारण धानबाली राम्रो फलेको छ। अबको केही सातामा धान काट्ने समय आउन लागेकाले सबै किसानहरू खेतमा ब्यस्त हुन थालेका छन्।

    images
    images

    चिङ्गाड खोलाको आसपासको क्षेत्रले प्राकृतिक पर्यटनको सम्भावना पनि बोकेको देखिन्छ। यस्तो प्राकृतिक दृश्यलाई प्रवर्द्धन गर्न सके कृषि र पर्यटन दुबै क्षेत्रबाट स्थानीयलाई फाइदा पुग्ने स्थानीयवासीको विश्वास छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend