images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दावी...

जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दावी असोज २३ सम्ममा १ अर्ब ५८ करोड अग्रिम भुक्तानी

जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दावी असोज २३ सम्ममा १ अर्ब ५८ करोड अग्रिम भुक्तानी

images
images
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौँ । असोज २४, जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई लिएर देशभरका निर्जीवन बीमा कम्पनीहरूले असोज २३ गते सम्ममा करिब रु. १ अर्ब ५८ करोड ५६ लाख बराबरको बीमा दावी अग्रिम रूपमा भुक्तानी गरेका छन्।

    images
    images

    नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले यो रकम भुक्तानी गरेका हुन्।

    प्रमुख बीमा कम्पनीहरूको दावी र भुक्तानी विवरणः

    images
    images

    कम्पनी

    दावी संख्या

    कुल दावी रकम

    हालसम्मको भुक्तानी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

    ३९१

    रु. ५ अर्ब ६१ करोड ४४ लाख

    रु. ५९ करोड ४४ लाख

    ओरिएन्टल इन्स्योरेन्स

    ९७

    रु. ५ अर्ब २४ करोड ४७ लाख

    रु. ५ लाख ७० हजार

    IGI प्रुडेन्सियल इन्स्योरेन्स

    २०४

    रु. २ अर्ब ७५ करोड ९७ लाख

    रु. ३० करोड ४३ लाख

    शिखर इन्स्योरेन्स

    ४३१

    रु. २ अर्ब ४० करोड ८६ लाख

    रु. ३१ करोड ९४ लाख

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    ३३४

    रु. १ अर्ब ६० करोड ४८ लाख

    रु. ८६ लाख

    नेको इन्स्योरेन्स

    २५६

    रु. १ अर्ब १५ करोड ४१ लाख

    रु. ७ करोड

    हिमालयन एभरेष्ट इन्स्योरेन्स

    २८९

    रु. १ अर्ब ४ करोड ४५ लाख

    रु. २१ करोड ६४ लाख


    अन्य कम्पनीहरूको भुक्तानी स्थितिः सानिमा इन्स्योरेन्सः रु. २ लाख युनाइटेड अजोड इन्स्योरेन्सः रु. १ करोड ७१ लाख NLG इन्स्योरेन्सः रु. ३६ लाख नेपाल इन्स्योरेन्सः रु. ४ करोड ७५ लाख प्रभु इन्स्योरेन्सः रु. ९ लाख

    नेपाल बीमा प्राधिकरणले बीमितहरूको क्षति मूल्यांकन प्रक्रिया तीव्र पार्न र दावी भुक्तानी यथासक्य छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend