images

२०८३ आश्विन १७ गते

images
images
images

राष्ट्रिय जीवन बीमा कम्पनीमा कर्मचारी माग

राष्ट्रिय जीवन बीमा कम्पनीमा कर्मचारी माग

images
images
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौँ । असोज २४, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले करार सेवामा पदपूर्ति गर्ने गरी सहायक व्यवस्थापक तहका तीन पदमा कुल ७ जना कर्मचारीको माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो।

    images
    images

    कम्पनीका अनुसार माग गरिएका पदहरूमा सहायक व्यवस्थापक (चार्टर्ड एकाउन्टेन्ट), सहायक व्यवस्थापक (एक्चुरी) र सहायक सूचना प्रविधि अधिकृत रहेका छन्। पदअनुसार फरक फरक शैक्षिक योग्यता, अनुभव र सीप तोकिएको छ, जसको विस्तृत विवरण कम्पनीको आधिकारिक वेबसाइट तथा सूचनामा हेर्न सकिने जनाइएको छ।

    इच्छुक उम्मेदवारहरूले आजको मितिबाट ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

    images
    images

    कम्पनीले सार्वजनिक सेवा प्रवाह सुदृढ पार्न तथा प्रविधि र वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन दक्ष जनशक्ति आवश्यक परेको जनाएको छ। (सूचना सहित)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend