काठमाडौँ । असोज २४, नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आगामी शनिबार, असोज २५ गते पनि रियल टाइम ग्रस सेटलमेन्ट RTGS प्रणाली सञ्चालनमा रहने जनाएको छ।
बिहीबार जारी गरिएको सूचनामा राष्ट्र बैंकले राजस्व संकलन प्रयोजनका लागि उक्त दिन बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म च्त्न्क् प्रणाली सुचारु रहने स्पष्ट पारेको हो।
सामान्यतया शनिबार सार्वजनिक बिदा हुने भए पनि राजश्व संकलनमा सहुलियत पुर्याउने उद्देश्यले उक्त दिन प्रणाली सञ्चालनमा राखिएको हो।
RTGS प्रणाली उच्च मूल्यका भुक्तानीहरू छिटो र सुरक्षित रूपमा सम्पादन गर्न प्रयोग गरिन्छ। राष्ट्र बैंकको यो निर्णयले सरकारको राजस्व संकलन कार्यलाई सहज बनाउने अपेक्षा गरिएको छ।





.gif)





