काठमाडौँ । असोज २४, प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्कासनको प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २६ गते साधारण सभा गर्ने निर्णय गरेको हो।
सभा काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिनको २ः४५ बजे सुरू हुनेछ। सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव, त्यसबाट प्राप्त हुने सेयर पूँजीको उपयोग गर्ने विशेष प्रस्तावहरू लगायतका विषयमा छलफल र निर्णय गरिनेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू, र अन्य नियमित एजेन्डाहरू समेत सभामा पारित गरिने कम्पनीले जनाएको छ।
कम्पनीले अहिलेको तयारीपछि नियामक निकायको स्वीकृति लिएर निकट भविष्यमा आईपीओ प्रक्रिया अघि बढाउने अनुमान गरिएको छ।




.gif)





