images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • सरकारद्वारा १० अर्ब रुपैयाँ बराबरको ‘विकास...

सरकारद्वारा १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८९’ जारी

सरकारद्वारा १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८९’ जारी

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । २२ असोज, सरकारले आन्तरिक ऋणस्वरूप १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८९’ जारी गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत बोलकबोल प्रणालीद्वारा बिक्री गरिने उक्त ऋणपत्रको परिपक्वता अवधि सात वर्षको हुनेछ।

    images
    images

    बैंक तथा वित्तीय संस्था, कम्पनी, फर्म, अन्य निकाय वा व्यक्तिहरूले असोज २२ गते बुधबार दिउँसो ३ बजे सम्म अनलाइन प्रणाली मार्फत बोलकबोल पेश गर्न सक्नेछन्। ऋणपत्रको साँवा भुक्तानी २०८९ असोज २३ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा तिर्ने व्यवस्था गरिएको छ।

    उक्त ऋणपत्रमा प्राप्त ब्याजमा आयकर लाग्नेछ। साथै, यसलाई धितो राखी कर्जा लिन सकिने तथा दोस्रो बजारमा किनबेच गर्न सकिने व्यवस्था पनि गरिएको छ।

    images
    images

    सरकारले आन्तरिक ऋण व्यवस्थापन रणनीति अन्तर्गत विकास ऋणपत्रको माध्यमबाट उठाइएको रकम विकास खर्च तथा लगानी योजनाहरूमा खर्च गर्ने लक्ष्य लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend