काठमाडौँ । असोज २२, यही असोज १७ र १८ गते परेको भीषण वर्षाले देशभरका मुख्य राजमार्ग र सडक संरचनामा करिब ४ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढीको क्षति पुर्याएको छ। सडक विभागका अनुसार यो प्रारम्भिक अनुमान हो, अझै क्षतिको विवरण संकलनको क्रम जारी छ।
सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको देखिएको छ। इलामस्थित सडक डिभिजन कार्यालयका अनुसार जिल्लामा मात्रै २ अर्ब ३९ करोड रुपैयाँ बराबरको सडक क्षति भएको छ।
मुख्य क्षतिको विवरणः कान्ति राजमार्गमा २५ करोड ४० लाख रुपैयाँको क्षति,बीपी राजमार्गको करिब ३.६ किलोमिटर सडक क्षति,सिन्धुली डिभिजन अन्तर्गत ८ करोड ४० लाख रुपैयाँको क्षति,पाल्पा डिभिजनमा ६ करोड २५ लाख रुपैयाँको अनुमानित क्षति,पोखरा डिभिजन अन्तर्गत ५३ करोड रुपैयाँको क्षति,हुलाकी राजमार्गमा २० करोड ८५ लाख रुपैयाँको क्षति,धनकुटा डिभिजन अन्तर्गत १४ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति,चरिकोट डिभिजन अन्तर्गत ३० करोड ५५ लाख रुपैयाँको क्षति,कालिगण्डकी करिडोरमा ८५ करोड १० लाख रुपैयाँको क्षति,वर्षासँगै आएको बाढी, पहिरो र भूक्षयले सडकहरू भत्किएको, कतिपय स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ। विभागका अनुसार क्षति भएका सडकहरूको पुनः निर्माण तथा मर्मतका लागि तत्काल आवश्यक योजना र बजेटको माग गरिएको छ।
सडक विभागले बाँकी क्षेत्रको विवरण संकलन भइरहेकाले कुल क्षति रकम अझै बढ्न सक्ने अनुमान गरेको छ।




.gif)





