काठमाडौँ । असोज २१, नेपाली विद्युतीय सवारीसाधन इभी बजारमा क्रान्तिको नेतृत्व गर्दै आएको देशकै अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धि ले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेस का अधिकृत सोरुमहरुमा एकैसाथ “चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल” सुरु गर्न लागेको छ।
तीन दिनसम्म चल्ने यो भव्य एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडी नेपालकै स्टाइलिस र टेक्नोलोजिकली एड्भान्स्ड इलेक्ट्रिक भेइकल इभी मा साट्न सक्नेछन्।
एकै स्थानमा प्रमुख इभी ब्रान्ड र अनुभव
काठमाडौंको मुख्य कार्यक्रममा सहभागीहरुले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका चर्चित इभी ब्रान्डका लोकप्रिय मोडलहरु एउटै स्थानमा अवलोकन तथा टेस्ट ड्राइभ गर्न पाउनेछन्।
यसका साथै, ह्युमनोइड रोबोट शो, कार रेसिंग सिमुलेटर, किड्स जोन, इनडोर गेम्स र रिफ्रेसमेन्ट जोन जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु समेत उपलब्ध हुने आयोजकले जनाएको छ।
सर्वोत्कृष्ट मूल्यांकन र आकर्षक अफर
ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउस मार्फत आफ्ना पुराना गाडीहरुको उचित मूल्यांकन गराउन सक्नेछन्। साथै, एक्सचेन्ज बोनस, नगद छुट जस्ता विभिन्न लाभहरु उपलब्ध हुनेछन्।
निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँ सम्मको लाभ समेत ग्राहकले प्राप्त गर्न सक्नेछन्।
बुकिङमा विशेष अफर
कार्यक्रम अवधिमा गाडी बुक गर्ने हरेक ग्राहकलाई नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीको लागि नाइट स्टे को विशेष अफर प्रदान गरिनेछ।
पहिलोपटक अवतार टेस्ट ड्राइभको अवसर
यस एक्सचेन्ज कार्निभलमा अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी “अवतार” लाई पहिलोपटक टेस्ट ड्राइभ गर्न सकिनेछ। साथै, नाडा अटोशोमा चर्चित बनेको दिपल एस०५ र फिचर भरिएको नामी भिगो पनि प्रदर्शनीमा रहनेछ।
देशभर एकैसाथ आयोजना
काठमाडौं मात्र नभइ, नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुमहरुमा पनि यो एक्सचेन्ज कार्निभल सञ्चालनमा आउनेछ, जहाँ ग्राहकहरुले समान रुपमा एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर प्राप्त गर्न सक्नेछन्।




.gif)





