images

२०८३ आश्विन १८ गते

images
images
images

सयपत्री फूलको व्यावसायिक खेतीले किसान उत्साहित

सयपत्री फूलको व्यावसायिक खेतीले किसान उत्साहित

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ । असोज २१, तिहारको माहोल नजिकिँदै गर्दा डडेल्धुराको सुरत ऐरको बारीमा व्यावसायिक सयपत्री फूलखेतीले राम्रो उत्पादन दिन थालेको छ। किसानहरूको मेहनत र माटो प्रतिको मायाले यहाँको स्वदेशी फूलखेती फस्टाउँदै गएको छ।

    images
    images

    स्थानीय कृषक सुरत ऐरले केही वर्ष देखि सुरु गरेको सयपत्री फूलको व्यावसायिक खेतीले यसपालि झनै राम्रो उत्पादन दिएको छ। तिहारको मुख्य आकर्षण मानिने भाईटीकामा प्रयोग हुने सयपत्री फूलको माग उच्च हुने भएकाले किसानहरू फूल टिप्न र बजार पठाउन व्यस्त छन्।

    हामीले स्वदेशी बीउ प्रयोग गरेका हौं र कुनै रासायनिक मल प्रयोग नगरी जैविक तरिकाबाट खेती गरेका छौँ, सुरत ऐरले बताए, अब बजारमा आयातित फूलको भर परिरहनु पर्दैन भन्ने आत्मविश्वास मिलेको छ।

    images
    images

    डडेल्धुरा जिल्लाका अन्य कृषकहरू पनि ऐरको उदाहरण पछ्याउँदै फूलखेती तर्फ आकर्षित भइरहेका छन्। जिल्लाको मौसम र माटो सयपत्री फूल उत्पादनका लागि उपयुक्त रहेको जनाइएको छ।

    स्थानीय तहले पनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको बताइएको छ। यसले कृषकहरूलाई थप हौसला प्रदान गर्ने र फूलखेतीलाई दीगो व्यवसायका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    स्वदेशी फूल प्रयोग गरौं, संस्कृति जोगाऔँ

    किसान, कृषि विज्ञ र सामाजिक अभियन्ताहरूले तिहारमा स्वदेशी सयपत्री फूल प्रयोग गर्न आम जनतालाई आग्रह गरेका छन्। आयातित फूलभन्दा गुणस्तरीय र ताजा हुने भएकाले स्वदेशी फूलले सांस्कृतिक र आर्थिक दुवै पक्षमा योगदान पुर्‍याउने उनीहरूको भनाइ छ।

    स्वदेशी,फूललाई,प्रोत्साहन,गरौँ भन्ने नारा सहित सामाजिक सञ्जालमा समेत अभियान चलिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend