images

२०८३ आश्विन १९ गते

images
images
images

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ । असोज २१, अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको वृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रति तोला दुई हजार ३०० रुपैयाँले बढेको हो।

    images
    images

    महासङ्घका अनुसार सोमबार प्रतितोला रू २,३३,१०० मा कारोबार भएको छापावाला सुन आज रू.२,३५,४०० मा पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि सोही अनुपातमा बढेर रू २,३४,७५० कायम भएको छ।

    यसअघि, आइतबार सुन प्रतितोला रू.२,३०,६०० मा कारोबार भएको थियो। यो तीन दिनमै सुनको मूल्यमा कुल रू.४,८०० को वृद्धि भएको हो।

    images
    images

    चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला रू २,९६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आइतबार चाँदी प्रतितोला रू.२,९३० मा कारोबार भएको थियो।

    अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज विश्व बजारमा एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसले मूल्य वृद्धिमा थप बल पुर्‍याएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend