images

२०८३ आश्विन १९ गते

images
images
images

काठमाडौँ नाका खुलेसँगै चाप ह्वात्तै बढ्यो

काठमाडौँ नाका खुलेसँगै चाप ह्वात्तै बढ्यो

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ । असोज २१, दशैं मनाएर आआफ्नो गन्तव्य फर्कने यात्रुहरूको चाप काठमाडौँ प्रवेश गर्ने नाकाहरूमा उल्लेख्य रूपमा बढेको छ। सरकारले बाढीपहिरोको जोखिमका कारण असोज १८ देखि २० गतेसम्म काठमाडौँ प्रवेश गर्ने मुख्य नाकाहरू बन्द गरेको थियो। ती नाका फेरि सञ्चालनमा आएपछि आजदेखि यात्रुहरूको भीड एक्कासी बढेको हो।

    images
    images

    विशेषगरी कलङ्की क्षेत्र जस्तो मुख्य नाकामा मङ्गलबार बिहानै देखि यात्रुहरूको ठूलो भीड देखिएको छ। काठमाडौँ भित्रिने सवारीसाधन र यात्रुको सङ्ख्यामा तीव्र वृद्धि भएको छ। त्यस्तै, अझै पनि दशैं सकिए पछि अन्य गन्तव्य तर्फ लाग्ने यात्रुहरूको पनि बाक्लै भीड देखिएको छ।

    लामो बिदा सकेर काममा फर्किनेहरू, विद्यालय र कार्यालयका नियमित गतिविधिमा फर्किनेहरूको आवागमनले गर्दा काठमाडौँका विभिन्न नाकाहरू अत्यन्त व्यस्त भएका छन्। सार्वजनिक यातायातमा चाप बढे सँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend