images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • “निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर...

“निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयासरत”अर्थमन्त्री खनाल

“निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयासरत”अर्थमन्त्री खनाल

images
images
सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • काठमाडौँ । असोज २०, अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल उच्च राख्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू सँग अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले सो धारणा राखेका हुन्।

    images
    images

    उनले हालै सार्वजनिक गरिएको राजस्व छुट, बैंकिङ सहुलियत तथा बीमामा सहजीकरणका कार्यक्रमहरू पुनर्निर्माणका लागि सघाउने उद्देश्यले ल्याइएको जानकारी दिए। भन्सार प्रणालीमा अनलाइन डाटाबेस लागू गरिए पछि बजारमा पारदर्शी कारोबारलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको समेत उनले उल्लेख गरे।

    भेटमा सहभागी महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारका पछिल्ला प्रयासहरूको प्रशंसा गर्दै नयाँ डाटाबेस प्रणाली प्रयोग गर्न उद्यमी व्यवसायीहरूलाई आग्रह गरे।

    images
    images

    उनका अनुसार यो प्रणाली अन्तर्गत भन्सारमा जाँचपास भएका वस्तुहरूको मूल्य विवरण संकलन हुनेछ, जसले कारोबार मूल्यको पहिचानमा मद्दत पुर्‍याउनेछ। साथै, प्रत्येक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकामा उठेका व्यवसायीका गुनासो समाधान हुने अपेक्षा गरिएको छ।

    यसै अवसरमा अध्यक्षहरूले पछिल्ला युवाहरुको आन्दोलनको क्रममा निजी क्षेत्रमा भएको घुसपैठ, लुटपाट र आगजनीप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटनाले ८१ प्रतिशत अर्थतन्त्र र ८६ प्रतिशत रोजगारी सम्हालिरहेको निजी क्षेत्रमाथि आक्रमण भएको बताए।

    तीनवटै संस्थाले दोषी माथि तत्काल कानुनी कारबाही नभए निजी क्षेत्र थप निरुत्साहित हुने चेतावनी दिएका छन्। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै निजी क्षेत्र इमानदारी पूर्वक आचार संहिताअनुरूप व्यवसाय गर्न तत्पर रहेको उल्लेख गर्दै उनीहरूले सरकारसँग सुरक्षित र स्थिर वातावरणको माग गरेका छन्।

    भेटका क्रममा अध्यक्षहरूले वर्तमान सरकारको प्राथमिकता निर्वाचन भए पनि सुधारको जग बसाल्ने मौका रहेको भन्दै लगानी प्रवर्द्धनका लागि बहुपक्षीय वित्त सम्मेलन आयोजना गर्नुपर्नेमा जोड दिएका थिए। साथै, खुला बजार र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि समयमै निर्वाचन आवश्यक रहेको बताउँदै निजी क्षेत्र त्यसका लागि सहकार्य गर्न तयार रहेको जनाएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend