images

२०८३ आश्विन १७ गते

images
images
images

नेपालबाट केही दिनभित्रै मनसुन बाहिरिने

नेपालबाट केही दिनभित्रै मनसुन बाहिरिने

images
images
सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • काठमाडौँ । असोज २०, नेपालमा यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग र गण्डकी प्रदेशको केही पश्चिमी क्षेत्रबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसुन बहिर्गमन बुलेटिन मार्फत उक्त जानकारी दिएको हो।

    images
    images

    महाशाखाका अनुसार मनसुनी वायु क्रमशः कमजोर बन्दै गइरहेको छ, जसका कारण बाँकी भूभागबाट पनि केही दिनभित्रै मनसुन बाहिरिने सम्भावना छ। महाशाखाले मनसुन बहिर्गमनको प्रक्रियालाई नियमित रूपमा अनुगमन गरिरहेको जनाएको छ।

    प्रत्येक वर्ष जुन महिनाको दोस्रो सातातिर सुरु हुने मनसुन सामान्यतः असोजको पहिलो वा दोस्रो सातासम्म सकिने गर्छ। यो वर्ष पनि मनसुनको क्रमिक बहिर्गमन सुरू भइसकेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend