images

२०८३ आश्विन १९ गते

images
images
images

सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा  फसेका सयौँ पर्यटकको उद्धारकार्य जारी

सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा  फसेका सयौँ पर्यटकको उद्धारकार्य जारी

images
images
सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • काठमाडौँ । असोज २०,सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा परेको अत्यधिक हिमपातका कारण सयौँ पर्यटक र सहयोगीहरू फसेका छन्। ती पर्यटकहरूलाई सुरक्षित स्थानमा ल्याउने उद्धारकार्य तीव्र गतिमा जारी छ।

    images
    images

    चिनियाँ समाचार संस्थाहरूका अनुसार बाक्लो हिमपातले पदमार्ग अवरुद्ध भएपछि करिब एक हजार जना त्यहाँ फसेका हुन्। यद्यपि, केहीलाई पहिल्यै उद्धार गरेर कुदाङ शहर पुर्‍याइएको छ भने २०० भन्दा बढीको अवस्था बारे सम्पर्क भइसकेको छ।

    स्थानीय बासिन्दा र उद्धार टोलीका सदस्यहरू करिब ४,९०० मिटरको उचाइमा रहेर हिउँ हटाउने तथा बाटो खुलाउने कार्यमा खटिएका छन्। हिमपात शुक्रबार साँझदेखि सुरु भई शनिबार सम्म लगातार भएको बताइएको छ। यसै कारण टिङ्ग्री काउन्टी पर्यटन समितिले सगरमाथा अवलोकनको लागि टिकट बिक्री तत्कालका लागि बन्द गरेको जानकारी दिएको छ।

    images
    images

    यसैबीच, सगरमाथाको नेपालतर्फको क्षेत्रमा पनि भारी हिमपात र पहिरोका कारण नाम्चे–जोरसल्ले मुख्य पदमार्ग अवरुद्ध भएको छ। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले यात्रुहरूलाई सावधानी अपनाउन तथा विकल्पका रूपमा माथिल्लो खच्चर मार्ग प्रयोग गर्न सुझाव दिएको छ।

    बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण असोज १८ र १९ गते नेपालमा अत्यधिक वर्षा भएको थियो। त्यसले गर्दा पहिरो र बाढीका घटनाहरू पनि बढेका छन्। इलाम जिल्लामा मात्रै ३७ जनाको ज्यान गएको छ।

    चिनियाँ सरकारी समाचार संस्था सीसीटीभीका अनुसार, फसेकाहरू मध्ये करिब ३५० जनालाई सकुशल उद्धार गरेर कुदाङ ल्याइएको छ। उद्धारपछि कुदाङ पुगेकी १८ सदस्यीय ट्रेकिङ समूहकी एक सदस्य चेन गे श्वाङले भनिन्, “अक्टोबरमा यस्तो मौसम कहिल्यै देखेकी थिइनँ, सबै कुरा अचानक भयो।”

    असामान्य मौसमी प्रणालीका कारण सगरमाथा क्षेत्रका दुबै भागमा पर्यटकहरू समस्यामा परेका छन्। यद्यपि उद्धारकार्य सक्रिय रूपमा भइरहेको छ र सम्बन्धित निकायहरूले सुरक्षाका उपायहरू अपनाउने अनुरोध गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend