काठमाडौँ । आज २०८२ साल असोज २० गते, सोमबार, हिन्दू धर्म अनुसार आश्विन शुक्ल पक्षको चतुर्थी तिथि परेको छ। सोमबारको दिन हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको विशेष पूजाआजा र उपवास गर्ने परम्परा रहेको छ।
शास्त्र अनुसार सोमबारलाई महादेव अर्थात् देवाधिदेव शिवको दिन मानिन्छ। यस दिन शिव पार्वतीको पूजा गरिनुका साथै भक्तजनहरूले उपवास बस्ने चलन रहेको छ। व्रत सूर्य उदयसँगै सुरु भई सूर्यास्तपछि मात्र सम्पन्न हुन्छ। बेलुकी आरती सकेपछि मात्र भोजन गरिन्छ।
सोमबारको व्रतले भक्तको मनोकामना पूरा हुने विश्वास रहिआएको छ। विशेषगरी अविवाहित महिलाहरूले राम्रो जीवनसाथीको कामना सहित यो व्रत बस्ने गर्दछन्। साथै, यस व्रतले आत्मिक शुद्धि, ज्ञान प्राप्ति र इच्छाहरू पूर्ति हुने जनविश्वास छ।
पूजाआजाको क्रममा शिव र पार्वतीको आराधनाअघि गणेश भगवानको पूजा अनिवार्य रूपमा गरिने शास्त्रीय मान्यता छ।
सोमबारको यो धार्मिक परम्परा आज पनि शहर देखि गाउँ सम्म उस्तै श्रद्धाका साथ मनाइँदै आएको छ।




.gif)





