images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • बिदाको दिनमा पनि काम गर्न बीमा...

बिदाको दिनमा पनि काम गर्न बीमा प्राधिकरणको निर्देशन

बिदाको दिनमा पनि काम गर्न बीमा प्राधिकरणको निर्देशन

images
images
आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • काठमाडौँ । असोज १९, नेपाल बीमा प्राधिकरणले लगातार वर्षाका कारण सिर्जित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिन असोज १९ र २० गते पनि बीमा कम्पनीहरुलाई सेवा प्रवाहमा सक्रिय रहन निर्देशन दिएको छ।

    images
    images

    प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै बीमा सेवा अत्यावश्यक सेवामा पर्ने भएकाले बीमित र ग्राहकका गुनासा तथा समस्याहरू समाधान गर्न कार्यालयमा भौतिक रूपमा वा आवश्यकता अनुसार घरबाटै सेवा दिने व्यवस्था मिलाउन आग्रह गरेको हो।

    सूचनामा भनिएको छ, “बीमा सेवा अत्यावश्यक सेवामा पर्ने भएकोले बीमित तथा ग्राहकको गुनासा तथा समस्या सम्बोधन गर्नका लागि अतिआवश्यक अवस्थामा कार्यालयमा भौतिक उपस्थित भई वा अन्य अवस्थामा घरबाटै कार्य सम्पन्न गर्न सक्ने व्यवस्था मिलाउन सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ।”

    images
    images

    असोज १९ र २० गते सरकारद्वारा सार्वजनिक बिदा घोषणा गरिएको भए पनि सम्भावित जनधनको क्षति न्यूनीकरण तथा समयमै बीमा दाबी प्रक्रिया सहज बनाउन प्राधिकरणले यस्तो कदम चालेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend