काठमाडौँ । असोज १८, देशभरको मौसममा आएको प्रतिकूलताको कारण बुद्ध एयरले आजका लागि निर्धारित सबै आन्तरिक उडानहरू रद्द गरेको छ।
एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै यात्रुहरूको सुरक्षालाई मध्यनजर राखी उडान सेवा स्थगित गरिएको जानकारी दिएको हो। उडान रद्द भएपछि यात्रुहरूलाई टिकटको पुनः तालिका वा रकम फिर्ताका लागि सम्बन्धित ट्राभल एजेन्सी, पोर्टल वा बुद्ध एयरको कल सेन्टरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
हाल देशभर लगातार परिरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। विभिन्न भागमा सडक र राजमार्ग अवरुद्ध भएका छन् भने हवाइ उडानहरूमा समेत असर परेको छ।
बुद्ध एयरले मौसममा सुधार आए लगत्तै नियमित उडान पुनः सञ्चालन गर्ने जनाएको छ।




.gif)





