काठमाडौँ । असोज १८, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान देखि परेको वर्षाका कारण आन्तरिक तर्फका सबै उडानहरू अस्थायी रूपमा बन्द गरिएका छन्। विमानस्थल स्रोतका अनुसार अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिँदै भने, आज बिहान सबै गन्तव्यतर्फ आन्तरिक उडान नियमित रूपमा भएको थियो। तर अहिले करिब २० मिनेटदेखि पानी परेपछि आन्तरिक उडानहरू रोकिएका छन्।
उनका अनुसार मौसम सफा भएपछि उडान पुनः सुरु हुनेछन्। अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नभएको र नियमित रूपमा सञ्चालन भइरहेको उनले बताए।
वर्षाका कारण देखिएको दृश्यता कम हुनाले आन्तरिक उडानमा अवरोध आएको जनाइएको छ।




.gif)





