images

२०८३ आश्विन १९ गते

images
images
images

कास्की प्रशासनद्वारा पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह

कास्की प्रशासनद्वारा पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह

images
images
शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • काठमाडौँ । असोज १८, कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रहरूमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ।

    images
    images

    प्रशासनका अनुसार आजदेखि असोज २० गतेसम्म देशभर र विशेषगरी गण्डकी प्रदेशमा मध्यम देखि भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेको छ। त्यसैका आधारमा हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना रहेकोले पदयात्रामा सावधानी अपनाउन भनिएको हो।

    सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिएअनुसार अन्नपूर्ण आधार शिविर (एबीसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा, खुमई लगायतका क्षेत्रहरूमा यात्रा नगर्न सार्वजनिक सूचना जारी गरिएको छ।

    images
    images

    उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जीउज्यानको सुरक्षालाई ध्यान दिँदै पदयात्राका लागि ननिस्कन हामीले आग्रह गरेका हौँ, उनले भने।

    विगत वर्षहरूमा दसैँको बिदाका समयमा पदयात्रा क्षेत्रमा पर्यटकहरूको भीड लाग्ने गरेकोमा यसपालि मौसम सम्बन्धी चेतावनीका कारण पर्यटन क्षेत्रमा असर परेको छ। दसैँ तथा तिहारको समयमा पदमार्गहरूका होटल तथा रेष्टुराँहरू पर्यटकले भरिने गर्थे।

    प्रशासनले थप जोखिम न्यूनिकरणका लागि बाढी, पहिरो, डुबान तथा हिमपात जस्ता सम्भावित विपद्प्रति सतर्क रहन समेत सबैमा अनुरोध गरेको छ। साथै, कुनै पनि दुर्घटना वा आपतकालीन अवस्था आएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, प्रहरी वा सुरक्षा निकायसँग तुरुन्त सम्पर्क गर्न भनिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend