काठमाडौँ । असोज १८, आश्विन शुक्ल द्वादशीका दिन आज पनि देशभर नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्ने र मान्यजनबाट आशीर्वाद लिने क्रम जारी छ।
विजयादशमी देखि सुरु भएको यो परम्परा कोजाग्रत पूर्णिमा सम्म कायम रहने चलन रहेको छ। यस अवधिमा मान्यजन, आफन्तजन र गुरुजनको घरमा गई नवदुर्गाको प्रसाद थाप्ने, टीका लगाउने र आशीर्वाद लिने परम्परा विशेषगरी मध्य र पूर्वी नेपालमा व्यापक रूपमा मनाइन्छ।
तर, पश्चिम नेपालका केही जिल्लाहरूमा भने विजयादशमीकै दिन मात्र दुर्गा पूजाको प्रसाद लगाउने तथा आशीर्वाद थाप्ने परम्परा छ।
नवदुर्गाको पूजा आराधना नवमी सम्म गरिएपछि विजयादशमीको दिन देवी विसर्जन गरी प्रसाद वितरण गर्ने परम्परा अनुसार, दसैंको यो सांस्कृतिक र पारिवारिक पक्ष अझै केही दिनसम्म चल्नेछ।




.gif)





