images

२०८३ आश्विन १९ गते

images
images
images

रामेछाप लुक्ला हवाई उडान सुरु

रामेछाप लुक्ला हवाई उडान सुरु

images
images
मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • काठमाडौँ । असोज १४ — रामेछाप,शरद ऋतु सुरु भए सँगै सगरमाथा आधार शिविर तथा हिमाल आरोहण गर्न जाने आन्तरिक तथा विदेशी पर्यटकका लागि लक्षित रामेछाप–लुक्ला हवाई सेवा पुनः सञ्चालनमा आएको छ।

    images
    images

    नागरिक उड्डयन प्राधिकरणका अनुसार मौसम अनुकुल रहेका दिनमा रामेछापबाट लुक्ला सम्म दैनिक ५० देखि ६५ वटा सम्म उडान सञ्चालन भइरहेका छन्। प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुँरागाईका अनुसार उडान संख्या माग र मौसमको आधारमा घटबढ हुने गर्छ।

    काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली (रामेछाप) सम्म पर्यटकहरूलाई ल्याइने र त्यसपछि लुक्ला सम्मको यात्रा हवाईमार्ग मार्फत गराइने प्रचलन पछिल्लो केही वर्षदेखि बढ्दो छ।

    images
    images

    रामेछाप विमानस्थलबाट सीता एयर, तारा एयर र समिट एयर लगायतका विमान कम्पनीहरूले नियमित रूपमा उडान सेवा दिँदै आएका छन्।

    यस हवाई सेवा सञ्चालनले सगरमाथा क्षेत्रमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend