images

२०८३ आश्विन १६ गते

images
images
images

दशैं बिदामा पनि भुक्तानी नरोकिने, महालेखा नियन्त्रक कार्यालयको निर्देशन

दशैं बिदामा पनि भुक्तानी नरोकिने, महालेखा नियन्त्रक कार्यालयको निर्देशन

images
images
मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • काठमाडौँ । असोज १४, दशैंको सार्वजनिक बिदाका दिनहरूमा पनि अत्यावश्यक भुक्तानी कार्य नरोकिने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई पत्र पठाउँदै यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो।

    images
    images

    महालेखाले राहत, उद्धार, क्षतिपूर्ति लगायत शीर्षकमा आवश्यक परेमा दशैं बिदामै निकासा दिनुपर्ने सम्भावना रहेको भन्दै वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ। विशेष गरी आकस्मिक अवस्था वा नागरिकको हकहित सँग जोडिएका भुक्तानी आदेशहरू प्राप्त भएमा त्यसको कार्यान्वयन तुरुन्त गर्न सकिने व्यवस्था गर्न भनिएको हो।

    दशैंजस्ता लामो बिदाका अवधिमा राहत र उद्धारका काममा ढिलाइ हुन नदिन निकासा प्रक्रियालाई लचिलो बनाइएको छ, महालेखाको स्रोतले जनाएको छ।

    images
    images

    यस निर्णयले बिदाका कारण सरकारी सेवा प्रभावित नहोस् भन्ने उद्देश्य लिएको बताइएको छ। बिदाका दिनमा पनि सरकारी संयन्त्र सक्रिय रहनुपर्ने अवस्था आउन सक्ने भएकाले यो कदम चालिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend