काठमाडौँ । असोज १४, पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा प्रावधान नभएको सवारीसाधन सुविधा फिर्ता गरेका छन्।
अर्थमन्त्री रामेश्वर खनालले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व उपसभामुख ओनसरी घर्ती र पूर्व राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गरेको पुष्टि गरे।
‘कानुनमा सवारीसाधनको सुविधा दिने व्यवस्था नभएको भए पनि ती पदाधिकारीहरूले सुविधा लिइरहनु भएको थियो,’ मन्त्री खनालले भने, ‘उहाँहरूले स्वेच्छाले सवारी फिर्ता गर्नुभएको छ भन्ने आधिकारिक जानकारी प्राप्त भएको छ।’
यसअघि सरकारले कानुनमा नभएका सेवा–सुविधा लिएका पूर्वपदाधिकारीहरूलाई ती सुविधा फिर्ता गर्न निर्देशन दिएको थियो।




.gif)





