काठमाडौँ । असोज १३, मुस्ताङ,धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ सम्म १ लाख ८ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा १ लाख २ हजार ८९४ जना विदेशी पर्यटक आएका थिए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार यो वर्ष पर्यटक आगमनमा ५।३२ प्रतिशत वृद्धि भएको छ। सन् २०२४ को पुरै वर्षमा १ लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। सो अनुपात कायम राख्नका लागि सन् २०२५ को बाँकी महिनामा थप २७ हजार ३३ जना पर्यटक आवश्यक पर्ने एसीएपीले जनाएको छ।
जोमसोमस्थित एसीएपी कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार यस वर्षको मुख्य पर्यटक सिजनमा प्रतिकूल मौसम र युवाहरूको ‘जेनजी आन्दोलन’ का कारण अपेक्षा अनुसार विदेशी पर्यटक आउन सकेनन्। उदाहरण स्वरूप, सन् २०२४ को सेप्टेम्बरमा ११ हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए।

मुस्ताङको पृथक भूगोल, प्राचीन धार्मिक सम्पदा, हिमालको दृश्यावलोकन तथा सांस्कृतिक सम्पदाको अध्ययन गर्न विदेशी पर्यटक आकर्षित हुने गरेका छन्। उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका गन्तव्यहरू मुख्य आकर्षणको रूपमा रहेका छन्।




.gif)





