images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपालमा हरित अर्थतन्त्रको दिशामा चार्जिङ स्टेसनको...

नेपालमा हरित अर्थतन्त्रको दिशामा चार्जिङ स्टेसनको विस्तारः ऊर्जा मन्त्री घिसिङ

नेपालमा हरित अर्थतन्त्रको दिशामा चार्जिङ स्टेसनको विस्तारः ऊर्जा मन्त्री घिसिङ

images
images
आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • काठमाडौँ । असोज १२ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाललाई हरित अर्थतन्त्र तर्फ लैजान तथा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारीसाधनको प्रवर्द्धन अत्यावश्यक रहेको बताएका छन्।

    images
    images

    चेन्ज डिजिटलद्वारा काठमाडौँको सामाखुसी लगायत देशका विभिन्न स्थानमा सञ्चालनमा ल्याइएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री घिसिङले इन्धनमा आधारित सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्न जोड दिए।

    उनले नेपालमा उत्पादन हुने जलविद्युत् खपत बढाउन घरायसी, औद्योगिक तथा यातायात क्षेत्रमा प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिँदै पेट्रोलियम पदार्थको आयात घटेपछि विदेशी मुद्रा सञ्चिति मजबुत हुने उल्लेख गरे।

    images
    images

    सरकारले सन् २०३० सम्म निजी सवारीसाधनको ९० प्रतिशत र सार्वजनिक सवारीसाधनको ७० प्रतिशत विद्युतीय बनाउने लक्ष्य राखेको छ। सन् २०३५ सम्म यो लक्ष्य क्रमशः ९५ र ९० प्रतिशत पुर्याउने योजना रहेको छ।

    हालसम्म नेपाल विद्युत् प्राधिकरणले देशभर ६२ वटा चार्जिङ स्टेसन स्थापना गरिसकेको छ भने निजी क्षेत्रबाट करिब ८०० चार्जिङ स्टेसन सञ्चालित छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ‘दिगो ऊर्जा च्यालेञ्ज फण्ड’मार्फत १८ कम्पनीका ४५ परियोजनामा १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend