काठमाडौँ । असोज ११, नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति तथा पृतनापतिहरूको भर्चुअल सहभागितामा ‘पृतनापति समन्वयात्मक बैठक २०८२’ सम्पन्न भएको छ।
बिहीबार सम्पन्न उक्त बैठकमा विभागीय प्रमुखहरू र पृतनापतिहरूले आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, हालसम्म सम्पादन गरिएका कार्यहरूको समीक्षा तथा आगामी योजनाबारे सुझावहरू प्रस्तुत गरेका थिए।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, नेपाली सेनाको वार्षिक कार्यतालिकाअनुसार वर्षमा दुईपटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ।
यसैबीच, यही असोजको पहिलो हप्तामा जङ्गीअड्डामा समसामयिक परिस्थितिबारे पूर्वप्रधान सेनापतिहरू सँग छलफल तथा अन्तर्क्रिया पनि गरिएको सेनाले जनाएको छ।




.gif)





