images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपाल राष्ट्र बैंकले महिलालाई रोजगारी दिने...

नेपाल राष्ट्र बैंकले महिलालाई रोजगारी दिने निर्यातमूलक उद्योगलाई सस्तो ब्याज अनुदान

नेपाल राष्ट्र बैंकले महिलालाई रोजगारी दिने निर्यातमूलक उद्योगलाई सस्तो ब्याज अनुदान

images
images
शनिवार, आश्विन ११ २०८२
शनिवार, आश्विन ११ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० जना महिलालाई रोजगारी दिने र निर्यातमुखी उत्पादन गर्ने उद्योगलाई सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशन अनुसार त्यस्ता उद्योगहरूले न्यूनतम मूल्य अभिवृद्धि २५ प्रतिशत गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने शर्त पुरा गर्नुपर्नेछ।

    images
    images

    इजाजत प्राप्त वित्तीय संस्थाहरूले यस्ता उद्योगलाई आफ्नो आधार ब्याजदरमा अधिकतम १ प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रदान गर्न सक्नेछन्।

    त्यसैगरी, हालैका दिनमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यवसाय, प्रतिष्ठान तथा आर्थिक क्रियाकलापमा संलग्न कर्मचारीको तलब र सुविधा व्यवस्थापनका लागि कर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। यस्ता कर्जामा आधारदरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम मात्र थप गर्न पाइनेछ।

    images
    images

    राष्ट्र बैंकका अनुसार, यस्तो कर्जा एक वर्ष वा संस्था पुनः सञ्चालनमा आउन लाग्ने अवधिसम्मका लागि दिइनुपर्नेछ। सो अवधिमा लाग्ने ब्याजदर मध्ये २ प्रतिशत ब्याज सरकारबाट अनुदानमा उपलब्ध हुने व्यवस्था गरिएको छ।

    यस योजना अन्तर्गत कर्जा लिन इच्छुक रोजगारदाता संस्थाले २०८२ पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ।

    यस्तै, प्रदर्शनका कारण व्यवसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनहरू क्षतिग्रस्त भएका उद्योगहरूले ८० प्रतिशत ऋण मूल्य अनुपातमा कर्जा लिन सक्नेछन्।

    तातोपानी र रसुवा भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण प्रभावित कर्जाको हकमा, सम्बन्धित इजाजत प्राप्त संस्थाले व्यवसायमा परेको प्रभावको मूल्यांकन गरी पुस मसान्तभित्र पुनर्तालिकीकरण गर्न सक्नेछन।

    राष्ट्र बैंकले स्पष्ट पारेको छ कि पुनर्तालिकीकरण गरिएका कर्जाहरू विगत असार मसान्तसम्म जुन वर्गमा थिए, सोही वर्गमा नै कायम रहनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend