काठमाडौँ । असोज १०, जीवन बीमक संघ नेपालले आफ्नो छैठौं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ। संघको २०८२ भदौ २९ गते काठमाडौँमा सम्पन्न सभाले सर्वसम्मत रूपमा प्रवीण रमण पराजुलीलाई अध्यक्षमा चयन गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।
पराजुली हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन्। संघको विधान अनुसार गठित नयाँ कार्यसमितिमा अन्य पदाधिकारीहरू यसप्रकार रहेका छन्ः
उपाध्यक्षः प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ)
सचिवः नारायण लोहनी(रिलायबल नेपाल)
कोषाध्यक्षः दिनेश लाल श्रेष्ठ (एशियन लाइफ)
सदस्यहरूः
मनोजलाल कर्ण (हिमालयन लाइफ)
सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान)
प्रणय कुमार (एलआइसी नेपाल)
संघको नयाँ कार्यसमितिले नेपाली बीमा क्षेत्रको समग्र विकास, बीमा सचेतना अभिवृद्धि, जीवन बीमा कर्मचारीहरूको हकहित संरक्षण र बीमा सेवा सर्वसुलभ बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
सभामा संघका सदस्यहरू सहित विभिन्न जीवन बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा हाल जीवन बीमा क्षेत्रमा देखिएका चुनौतीहरू, संभावना र संघको भावी रणनीतिबारे गहन छलफल गरिएको संघले जनाएको छ।




.gif)





