images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ क्यापिटलको १४औं साधारणसभा सम्पन्न, ३०%...

सिद्धार्थ क्यापिटलको १४औं साधारणसभा सम्पन्न, ३०% नगद लाभांश पारित

सिद्धार्थ क्यापिटलको १४औं साधारणसभा सम्पन्न, ३०% नगद लाभांश पारित

images
images
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौँ । असोज १०, सिद्धार्थ क्यापिटल लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको साधारणसभा असोज ९ गते काठमाडौंस्थित नारायणचौर, नक्सालमा रहेको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो।

    images
    images

    सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१।८२ को वासलात, नाफा–नोक्सानी हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमा छलफल गरी पारित गरिएको छ।

    साधारणसभाले आर्थिक वर्ष २०८१।८२ को नाफाबाट हाल कायम रु. २० करोड चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् करसहित रु. ६ करोड नगद लाभांश सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

    images
    images

    त्यसैगरी, आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाबाट पारित गरिएको छ।

    सिद्धार्थ बैंक लिमिटेडको सहायक कम्पनी सिद्धार्थ क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमोदित मर्चेन्ट बैंकर हो। यसले सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार तथा निक्षेप सदस्य सेवा प्रदान गर्दै आएको छ।

    कम्पनीले काठमाडौंस्थित प्रधान कार्यालय सँगै पोखरा, भरतपुर, बुटवल, नेपालगञ्ज, वीरगञ्ज र विराटनगरमा सम्पर्क कार्यालय मार्फत तथा सिद्धार्थ बैंकका सबै शाखामार्फत सेवा विस्तार गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend