काठमाडौँ । असोज १०, नेपालमा सञ्चालित लघु निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो दुई महिनामा कुल १६ करोड ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार, चारवटै लघु निर्जीवन बीमा कम्पनीले यो अवधि भित्र उक्त बीमा शुल्क संकलन गरेका हुन्। तीमध्ये सबैभन्दा बढी बीमा शुल्क प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आर्जन गरेको हो। कम्पनीले ४ करोड ३५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ। प्राधिकरणका अनुसार कम्पनी व्यवसाय विस्तारमा आक्रामक बन्दै गएको छ।
साथमा,
नेपाल माइक्रो इन्स्योरेन्सले ४ करोड २४ लाख रुपैयाँ,
ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ करोड २० लाख रुपैयाँ,
र स्टार माइक्रो इन्स्योरेन्सले ३ करोड ७० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।
लघु बीमा कम्पनीहरूले ग्रामीण र साना व्यवसाय लक्षित बीमा योजनाहरू मार्फत बजार विस्तार गरिरहेका छन्। बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरूको यो वृद्धि दरलाई सकारात्मक संकेतका रूपमा लिएको छ।




.gif)





