images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • दश लाखसम्म पुँजी भएका उद्योग गाउँपालिकामै...

दश लाखसम्म पुँजी भएका उद्योग गाउँपालिकामै दर्ता हुन थाले

दश लाखसम्म पुँजी भएका उद्योग गाउँपालिकामै दर्ता हुन थाले

images
images
शुक्रवार, आश्विन १० २०८२
शुक्रवार, आश्विन १० २०८२
  • हुम्ला । कर्णाली, अब दश लाख रुपैयाँसम्म पुँजी भएका उद्योगहरू गाउँपालिकामै दर्ता हुन थालेका छन्। कर्णाली प्रदेश सरकारले प्रदेश राजपत्र मार्फत कानुनी व्यवस्था गरी यस्तो किसिमका उद्योग स्थानीय तहमै दर्ता गर्न मिल्ने व्यवस्था गरेपछि यो प्रक्रिया सुरु भएको हो।

    images
    images

    उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाका प्रमुख अर्जुन जोसीका अनुसार, “प्रदेश सरकारले कानुनी रूपमा व्यवस्था गरे अनुसार यो आर्थिक वर्षदेखि दश लाखसम्मको पुँजी भएका उद्योगहरू गाउँपालिकामै दर्ता हुने व्यवस्था लागू भएको हो।” यसअघि यस्ता उद्योगहरू उपभोक्ता हित संरक्षण कार्यालयमा दर्ता हुने गरेका थिए।

    २,७३५ उद्योगको विवरण गाउँपालिकामा पठाइयो

    images
    images

    यस परिवर्तन सँगै, उपभोक्ता हित संरक्षण कार्यालयले पहिल्यै दर्ता भइसकेका यस्ता उद्योगहरूको विवरण सम्बन्धित सातवटै गाउँपालिकामा पठाइसकेको छ। कार्यालयका अनुसार कुल २,७३५ उद्योग विवरणसहित गाउँपालिकामा पठाइएका छन्।

    गाउँपालिका अनुसार विवरण यस प्रकार रहेको छः

    नाम्खा गाउँपालिका–१५९ उद्योग

    सिमकोट गाउँपालिका–१,०२५ उद्योग

    खार्पुनाथ गाउँपालिका–२३० उद्योग

    सर्केगार्ड गाउँपालिका–४५१ उद्योग

    चङ्खेली गाउँपालिका–२७४ उद्योग

    अदानचुली गाउँपालिका–३६९ उद्योग

    ताँजाकोट गाउँपालिका–२३२ उद्योग

    त्यसका साथै, व्यवसाय (बाणिज्य) तर्फका ७४ वटा फर्महरूको विवरण पनि स्थानीय तहमा पठाइएको छ।

    पहिले तीन लाखसम्मका उद्योग दर्ता हुन्थे

    गत वर्षसम्म तीन लाख रुपैयाँसम्म पुँजी भएका उद्योगहरू मात्र गाउँपालिकाबाट दर्ता तथा नविकरण गर्न मिल्ने व्यवस्था थियो। तर नयाँ कानुनी प्रावधानले अब त्यो सीमा बढाएर दश लाख पुर्‍याइएको हो।

    यसले गर्दा गाउँ तहमै उद्योग दर्ता गर्ने प्रक्रिया सहज तथा पहुँचयोग्य हुने विश्वास गरिएको छ। स्थानीय सरकारलाई अधिकार हस्तान्तरणसँगै दर्ता प्रक्रियामा पारदर्शिता र सेवा प्रवाहमा प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend