images

२०८३ आश्विन १९ गते

images
images
images

४१०० मिटर उचाइमा तातो चियाको स्वाद

४१०० मिटर उचाइमा तातो चियाको स्वाद

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • काठमाडौँ । माछापुच्छ्रे गाउँपालिका–९, कास्कीस्थित मर्दी हिमालको भ्यु पोइन्ट (४१००–४२०० मिटर) मा, यात्रुहरूको थकाइ मेटाउने एउटा विशेष अनुहार भेटिन्छन् “चिया काका” भनेर चिनिने टंकप्रसाद गौतम।

    images
    images

    ४००० मिटरभन्दा माथिको कठोर हिमाली वातावरणमा पनि उनी पर्यटकहरूलाई तातो चिया, नास्ता र आवश्यक सहयोग प्रदान गर्दै आएका छन्। यति कठिन भूगोलमा स्थायी रूपमा बस्ने विरलै पाइने व्यक्तिहरू मध्ये एक, गौतमको सेवा अब मर्दी ट्रेकमा आउने अधिकांश ट्रेकर्स र पर्यटकहरूको संस्मरणमा दर्ज हुन्छ।

    उनी बिहान सबेरै देखि भ्यु पोइन्टमा पुग्ने तयारी गर्छन्। चिया, कफी, नास्ता, र सानोतिनो प्राथमिक उपचार सामग्री समेत बोकेर उनी दैनिक ४१०० मिटर आसपासको उचाइमा पुग्छन्। “पर्यटक थकित र चिसोले गलिरहेका हुन्छन्, त्यति बेलामा तातो चियाले सास फर्कन्छ,” उनी भन्छन्।

    images
    images

    विदेशी पर्यटकदेखि आन्तरिक यात्रुहरू सम्मले ‘चिया काका’लाई सम्मानका साथ सम्झने गरेका छन्। केहीले त उनलाई हिमालको हस्पिटालिटी एम्ब्यासडर पनि भन्छन्।

    टंकप्रसाद गौतमको यो सेवा नाफा कमाउन भन्दा पनि सेवामूलक भावनाबाट प्रेरित छ। उनी भन्छन्, “पैसा त कमाइन्छ, तर यात्रुहरूको अनुहारमा देखिने खुसी नै मेरो लागि सर्बोच्च पारिश्रमिक हो।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend