images

२०८३ आश्विन १५ गते

images
images
images

तुईन खोलाको पहिरो हटाउन भोलीसम्म लाग्ने

तुईन खोलाको पहिरो हटाउन भोलीसम्म लाग्ने

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोला नजिकको पहिरो भोली सम्म मात्र हटाउन सकिने भएको छ ।सडक डिभिजन कार्यालय भरतपुरले सडकमा थुप्रिएको पहिरोको परिमाण १२ हजारदेखि १४ हजार घनमिटर रहेको आँकलन गरिएकोले सो हटाउन भोली दिउसोसम्म लाग्न सक्ने जानकारी दिएको हो । 

    images
    images

    पहिरोको तस्विरहरुरु हेर्दा माथिबाट अब थप ठुलो पहिरोको सम्भावना कम रहेको भएतापनि झर्न बाँकी रहेका ढुंगाहरू पूर्णरुपमा तल नझरिसकेको हुँदा अझै सानोतिनो ढुंगाहरू झर्न सक्ने सम्भावना देखिएको छ ।हाल बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो हटाउने कार्य जारी रहेको कार्यालयले जनाएको छ । 

    साथै सडक डिभिजनले पहिरो सफा गर्ने कार्यको लागि कुरिनटार तथा भरतपुरबाट ईन्धन लगायत अन्य आवश्यक उपकरणहरु बोकी सडक विभागका गाडीहरु आवतजावत हुने हुँदा सो को सहजिकरणको लागि लेन अनुशासन अनिवार्य रुपमा कायम गरिदिन अनुरोध गरेको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend