images

२०८३ आश्विन १८ गते

images
images
images

यस्तो छ ‘चिराग’को फष्टलुक्स

यस्तो छ ‘चिराग’को फष्टलुक्स

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौँ । फिल्म ‘चिराग’को फष्टलुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले मङ्सिर ५ रिलिज मितितय गर्दै फष्टलुक्स बाहिर ल्याएको हो ।सार्वजनिक फष्टलुक्समा कलाकार त्यागमूर्ति फिचर्ड छन् । उनी तेस्रोलिंगीको भूमिकामा देखिएका छन् । उनलाई कसैले कुल्चिएको छ । त्यागमूर्ति फिल्मका मुख्य कलाकार हुन् भने फिल्मको लेखन र निर्देशन पनि उनैले गरेका हुन् । फिल्ममा ‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने ट्यागलाइन राखिएको छ । 

    images
    images

    फिल्ममा त्यागमूर्तिसँगै सुशील पोख्रेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेर बहादुर डिसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल, बाल कलाकार सागर खरेल लगायतको अभिनय छ ।

    फिल्मका निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति हुन् । हरिनन्दा ब्यानरमा निर्माण भएको फिल्ममा समावेश गीतमा दीपक लिम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ भने पार्श्व सङ्गीत लोकनाथ सापकोटाको छ । राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मको सम्पादन सुभाष देवकोटाले गरेका छन् । फिल्ममा गीतसंगीत पनि त्यागमूर्तिकै छ ।movie charaj

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend